यम गौतम महाकाव्यमा अलङ्कारविधान

Authors

  • Tirtharaj Bhattarai

DOI:

https://doi.org/10.3126/jjmc.v4i1.78002

Keywords:

उपमा, कथ्यसौन्दर्य, दृष्टान्त, वैचित्र्यपूर्ण, व्यतिरेक, शब्दसौन्दर्य

Abstract

पीताम्बरभोला लम्सालको यम गौतम महाकाव्यमा शब्दालङ्कार र अर्थालङ्कारहरूको के कसरी प्रयोग गरिएको छ भन्ने कुराको विश्लेषणमा यो लेख केन्द्रित रहेको छ । यो अध्ययन गुणात्मक प्रकृतिको छ । यसमा पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । यम गौतम महाकाव्यमा अलङ्कार प्रयोगको अवस्था अध्ययनका लागि सूक्ष्मपठन विधिका माध्यमबाट सामग्री सङ्कलन गरी ती सामग्रीहरूको अर्थापन गरिएको छ । अलङ्कार सिद्धान्तलाई यस अध्ययनको आधार बनाइएको छ । यस लेखमा यम गौतम महाकाव्यमा प्रयोग भएका श्लोकमध्ये सोद्देश्यमूलक ढङ्गले १० प्रतिशत श्लोक नमुना छनोट गरी शब्दालङ्कार वर्गका अनुप्रास, यमक र श्लेष तथा अर्थालङ्कार वर्गका उपमा, रूपक, व्यतिरेक, दृष्टान्त, उत्पेक्षा, अनुमान, अतद्गुण, लोकोक्ति अलङ्कारहरूको विश्लेषष गरी निष्कर्ष प्रस्तुत गरिएको छ । महाकाव्यका श्लोकहरूको अर्थापनका क्रममा वर्णनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । यम गौतम महाकाव्यमा आफ्ना भाव र विचारलाई प्रभावकारी तुल्याउन, महाकाव्यको कथ्य अर्थलाई वैचित्र्यपूर्ण, प्रभावकारी, आकर्षक एवम् काव्यात्मक स्वरूप प्रदान गर्न, महाकाव्यमा प्रयुक्त विविध कथ्यगत सौन्दर्यको वृद्धि गर्न र शृङ्गार, करूणआदि रसको अभिव्यञ्जनलाई प्रभावकारी बनाउनका लागि विविध अलङ्कारहरूको प्रयोग गरिएको हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-04-30

How to Cite

Bhattarai, T. (2025). यम गौतम महाकाव्यमा अलङ्कारविधान. Journal of Janta Multiple Campus, 4(1), 223–239. https://doi.org/10.3126/jjmc.v4i1.78002

Issue

Section

Articles